दफा ३५
मिनाहा दिन सक्ने
नेपाल सरकारले नेपाल राजपत्र, प्रदेश सरकारले प्रदेश: राजपत्र तथा स्थानीय तहले स्थानीय राजपत्रमा सूचना प्रकाशन गरी आफूले सञ्चालन तथा व्यवस्थापन गरेका खानेपानी सेवाको विषम परिस्थितिका कारणले कुनै खास क्षेत्रका उपभोक्ताले खानेपानीको महसुल तिर्न असमर्थ भएमा वा विपन्न सीमान्तीकृत समुदायको लागि जडान भएको खानेपानीको धारामा लाग्ने महसुल घटाउन वा मिनाहा दिन सक्नेछ।
स्पष्टीकरण- यस दफाको प्रयोजनको लागि "विषम परिस्थिति" भन्नाले कुनै प्रकोपको कारण खानेपानी सेवा सञ्चालन नभएको वा सिमित मात्रामा सञ्चालन भएको अवस्थालाई जनाउँछ।
स्पष्टीकरण- यस दफाको प्रयोजनको लागि "विषम परिस्थिति" भन्नाले कुनै प्रकोपको कारण खानेपानी सेवा सञ्चालन नभएको वा सिमित मात्रामा सञ्चालन भएको अवस्थालाई जनाउँछ।